मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मस्र्याङ्दी आंशिक थुनियो

मस्र्याङ्दी आंशिक थुनियो


  • ढाेरपाटन संवाददाता
  • असोज १२ २०८३, सोमबार

पोखरा / आइतबार साँझ आएको पहिरोले मनाङको सदरमुकाम चामे भएर बग्ने खोलामा आएको पहिरोले मस्र्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारीदिए ।

खट्टे खोलामा आएको बाढी र पहिरोले मस्याङ्दी नदी आंशिक रुपमा थुनिएको उलने जनाए । आइतबारसम्म तालगाउँका ९÷१० डुबानमा परेको भए पनि अरु ठूलो जोखिम नदेखिएको उनको भनाइ छ ।

यो ठाडो खोलामा आएको बाढी र पहिरोले शनिबार राति ६ वटा घरमा क्षति गरेको थियो । साँझ पौने ८ बजेसम्म पनि नदी आसपास पहिरो खसिरहेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोका कारण नदी थुनिँदै गएपछि तटीय क्षेत्रमा जोखिम बढेको भन्दै प्रशासनले मस्र्याङ्दी नदीको तटीय तथा करिडोर आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले नदीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले नदी आसपास अनावश्यक रूपमा नजान तथा सम्भावित जोखिमबाट जोगिन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->