शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जस्ताकोत्यस्तै लुट्न सके लुट् अपलोड गर्न प्रतिष्ठानको माग

जस्ताकोत्यस्तै लुट्न सके लुट् अपलोड गर्न प्रतिष्ठानको माग


  • Dhorpatan News
  • फाल्गुन ५ २०७५, आइतबार

पोखरा, ५ फागुन – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पशुपति शर्माको गीत ‘लुट्न सके लुट्’ जस्ताको त्यस्तै अपलोड गर्न आग्रह गरेको छ । प्रति ष्ठानका अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीले जारी गरेको प्रेस विज्ञप्तीमा “पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैँलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनुभएको हो भने गीतलाई जस्ताको त्यस्तै पुनः अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ । त्यसपछि आइपर्ने विवाद, वार्ता र छलफलद्वारा समाधान हुनुपर्छ र त्यसको अगुवाई गर्न संस्था तयार रहेको छ ।”विज्ञप्तीमा कलाकारलाई कुनै पनि शक्तिद्वारा दिइएको जुनसुकै किसिमको दबाबको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भ्रत्सर्ना गरेको छ । लोक गायक पशुपति शर्माको गीत सत्तारुढ दलको भ्रातृ संगठनको दबाबपछि युट्युबबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->