शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

फिल्म ‘बुलबुल’को पोस्टर च्यात्न प्रहरीको निर्देशन !

फिल्म ‘बुलबुल’को पोस्टर च्यात्न प्रहरीको निर्देशन !


  • Dhorpatan News
  • फाल्गुन ६ २०७५, सोमबार

बागलुङ, ६ फागुन – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’को पोस्टर प्रहरीले च्यात्न निर्देशन दिएको छ। पोस्टरमा रक्सीको ब्रान्डको विज्ञापन गरिएपछि प्रहरीले निर्माण पक्षलाई बोलाएर पोस्टर च्यात्न निर्देशन दिएको हो। कानुनमा मदिराको विज्ञापन गर्न नपाउने नीति रहेको भन्दै महानगरीय प्रहरी परिसर टेकुले चलचित्र निर्देशक विनोद पौडेल र निर्माता अविरल थापालाई बोलाएर पोस्टर हटाउन निर्देशन दिएको हो। पौडेल र थापाले प्रहरीसमक्ष पोस्टर हटाउने प्रतिबद्धता जनाएका छन्। पोस्टरमा नायिका सोस्तिमा खड्का र एक रक्सीको बोतललाई हाइलाइट गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->