आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सत्य घटना : बिष्णु खत्रीको ‘बिचल्ली’

सत्य घटना : बिष्णु खत्रीको ‘बिचल्ली’


  • बालकृष्ण सुबेदी
  • बैशाख ७ २०७६, शनिबार

पोखरा, ७ बैशाख – अहिले समाजमा कहालीलाग्दो अवस्था देखापरेको छ । राम्रो खान, राम्रो लगाउन र बालबच्चाको राम्रो शिक्षाको लागि पुरुषहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था छ । विदेशको दुःख र मेहेनत सबैलाई थाहा छ । परिवार र सपनाको लागि कठिन कामको सामना गरेका हुन्छ्न अर्काको देशमा । तर अहिले समाजमा अनौठो बिकृती देखा परेको छ । श्रीमान विदेश लागेपछि बालबच्चालाई राम्रो शिक्षा दिने भन्दै श्रीमती पनि शहर तिर लाग्ने गर्दछ्न । गाँउमा बसेकाहरुको पनि रबाफ फरक हुने गर्दछ ।
श्रीमानले पसिना बगाएर पैसा पठाउछन । तर श्रीमतीको चालचलन फरक हुदै जान्छ । श्रीमानले दुःखले आर्जेको पैसा सबैले सही सदुपयोग गर्दैनन । घर खर्च देखाएर पैसा परपुरुषलाई सुम्पने र उठबस समेत भएका घटना समाजमा देखा परेका छन । सवै महिला त्यस्ता हुदैनन तर अहिले देखा परेका पात्रले नारीमाथि शंका पैदा गर्ने अवस्था देखापरेको छ । कतिपयले घरखर्च देखाएर केही रकम मात्र हिनाबिना गर्छन त कोही धन र मन दुबै सुम्पेर परिवारको बिचल्ली पारेका उदाहरणीय घटना प्रशस्त छन । महिलाहरु आफै पनि बिचल्लीमा पर्ने गरेका छन । पैसाको लागि माया जालमा फसाउने र पैसा र जवानी लुटेपछि अलपत्र पारेको यथार्थता समाजमा देखिएको छ । बैदेशिक रोजगारमा जाने दाजुभाई यस्तै घटनाले चिन्तित छन ।
यस्तै परिवेशलाई समेटर बहुचर्चित कलाकार बिष्णु खत्रीले नयाँ कोशेली ‘बिचल्ली’ बजारमा ल्याएका छन ।
सुमधुर स्वरका धनी बिष्णु खत्रीको आफ्नै शब्द, स्वर , संगित र अभिनयमा ‘बिचल्ली’ लोक दोहोरी गीत सार्वजनिक गरेका छन । यस गीत माथि उल्लेखित घटनाहरुको धरातलमा तयार भएको छ । गीतमा बिष्णु खत्री र देवी घर्तिको आवाज रहेको छ, मुख्य अभिनय बिष्णु खत्रीको रहेको छ ।
‘धेरै समय पछि मेरो आफ्नो नयाँ गीत बिचल्ली यहाँहरु माझ ल्याएको छु, यथार्थपरक, हृदयविदारक पारिवारिक कहानी सहितको यो गीतलाई मेरा बिगतका गीतहरुलाई जस्तै माया दिनुहुनेछ भन्ने आशा गर्दछु ।’ खत्रीले भने, सभ्य र अनुशाशित समाज निर्माणको लागि यो गीतले भूमिका खेल्ने अपेक्षा राख्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->