बुटवल,९ बैशाख – चर्चित गायक सुरेश रमण अधिकारीको एल्बम “आमाको सम्झना” सार्वजनिक भएको छ । सानैमा आमा गुमाएका बालकको कथा टपक्क टिपी निकै मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको गीतमा सुरेशकै शव्द अनि लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियामा चर्चित मोडल आशिर प्रताप जंग, सारिक केसी र आदिराज अधिकारीको अभिनय रहेको छ । स्मृति तिमिल्सीना ‘गुरुआमा’ को निर्देशन, सुरेश थापाको छायाँकन र प्रविन भट्टको सम्पादनमा गीतको म्युजिक भिडियो तयार भएको हो ।





