शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु

विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु


  • एजेन्सी
  • बैशाख २३ २०७६, सोमबार

मस्को,२३ बैशाख -एक रुसी विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । आइतबार मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट–१०० विमानमा आगलागी भएको हो ।रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार चालक दलका ५ सदस्यसहित ७८ जना थिए । तीमध्ये ४१ जनाको मृत्यु भएको हो । ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको थियो । विमानका यात्रुहरुलाई आपतकालिन ढोकाबाट निकालेर केही वाच्न सफल भएका छन् । अवतरण गर्ने क्रममा विमान उर्फिएर कालो धुवाँको मुस्लो सहित जलेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->