शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ट्रम्पले ग्रीन कार्ड सम्बन्धी नयाँ घोषणागर्दै, नेपालीको सम्भावना कस्तो ?

ट्रम्पले ग्रीन कार्ड सम्बन्धी नयाँ घोषणागर्दै, नेपालीको सम्भावना कस्तो ?


  • Dhorpatan News
  • जेष्ठ २ २०७६, बिहिबार

काठमाडौं,२ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार नयाँ आप्रवास योजना सार्वजनिक गर्ने भएका छन् । देशको आप्रवास प्रणालीलाई आमूल परिवर्तन गर्नुपर्ने विषयमा उनले अमेरिकी जनता र सांसदहरूलाई विश्वस्त तुल्याउन खोजेका छन् ।ट्रम्पका ज्वाईं र वरिष्ठ सल्लाहकार ज्यारेड कुशनरले सीमा सुरक्षा र ग्रीन कार्ड प्रणालीमाथि पुनर्विचार गर्ने योजना बनाएका हुन् । अमेरिकामा उच्च क्षमता भएका, डिग्री पाएका र जागिरको प्रस्ताव आएका व्यक्तिलाई मात्र आप्रवासका लागि योग्य बनाउन लागिएको छ ।अमेरिकामा आफन्त भएका व्यक्तिलाई भन्दा पनि क्षमतावान व्यक्तिहरूलाई ग्रीन कार्ड दिइनेछ ।

यो व्यवस्था लागू भयो भने आप्रवास प्रणालीमा ठूलो परिवर्तन आउनेछ । अमेरिकाले अहिलेसम्म पारिवारिक आधारमा आप्रवासको व्यवस्थामा जोड दिएको छ । अधिकारीहरूका अनुसार, पारिवारिक सम्बन्ध भएका ६६ प्रतिशत  व्यक्तिले ग्रीन कार्ड पाइरहेका छन् भने क्षमतावान व्यक्तिमध्ये १२ प्रतिशतले मात्र ग्रीन कार्ड पाएका छन् ।तर ट्रम्पको यो योजनालाई उनकै दल रिपब्लिकनले पनि स्वीकार गरिसकेको छैन । विपक्षी डेमोक्रेटले त यसलाई स्वीकार गर्ने कुरै भएन । त्यसैले अमेरिकामा आप्रवास प्रणालीमा आमूल परिवर्तन गर्ने योजना सफल हुने लक्षण छैन ।

ट्रम्पको योजनाले अमेरिकामा अवैध रूपमा बसिरहेका लाखौं आप्रवासीलाई के गर्ने भन्ने विषयमा केही बोलेको छैन । यसले आप्रवास दरलाई घटाउने कुनै खाका पनि कोरेको छैन ।पत्रकारहरूलाई अधिकारीहरूले यससम्बन्धी जानकारी बुधवार दिएका थिए । उनीहरूका अनुसार, यस योजनाले अंकमा आधारित भिसा प्रणाली अपनाउनेछ । यस्तो प्रणाली क्यानडा, अस्ट्रेलिया लगायतका देशमा प्रचलित छ । यो योजना लागू भएमा क्षमतावान र उच्च शिक्षित नेपालीहरूले मात्र अमेरिकामा आप्रवासको सुविधा पाउनेछन् । डीभी परेको भरमा जो कोही अमेरिका पुग्न सक्ने छैन ।

एसोसिएटेड प्रेसबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->