पोखरा,४ जेठ – बहुचर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ र गायक कमल जि.एम.को आवाज मा रहेको लोक दोहोरी गीत दुखि करिम बोलको गीत शुक्रबार मात्र सार्वजानिक भएको छ । ईश्वर बाबुको शब्द तथा संगीत रहेको उक्त गीतमा झलक संगीतमको को एरेन्ज रहेको छ । दुखी करिम “जोगी2” मा मान्छेलाई आफ्नो भाग्य र कर्ममा लेखिएको कुरा भोग्नै पर्ने र एउता माया प्रेममा कुनै बाध्यताले जोगी बनी सांसारिक मोह त्यागेका साधुहरु पनि माया र प्रेम गर्न सक्छन र माया प्रेम गर्न कुनै जात भात, धर्म, पेशा ले रोक्न सक्दैन भन्ने कुरा भिडियोमा देख्न सकिन्छ । ईश्वर बाबुु र आकृति रन्पाल को अभिनय रहेको गीतको भिडियोलाई कमल जि.एम.ले छायाँकन गरेका हुन् । ईश्वर बाबुको निर्देशनमा तयार भएको गीतको भिडियोलाई ईश्वर बाबुलेनै सम्पादन गरेका छन भने उक्त गीतको भिडियो जय नेपाल फिल्मस् को आफ्नै युट्युब च्यानलबाट सार्वजानिक भएको छ। भिडियो :





