काठमाण्डौ,४ जेठ- नेपाली साँगीतिक बजारमा नायिका केकी अधिकारीको अभिनय, राजेश बर्देवा र गायिका जुना श्रीसको सुमधुर आवाज रहेको नयाँ लोकदोहोरी गीत सार्बजनिक भएको छ ।
डि.एन.जोशीको शब्द,राजेश बर्देवाको लय,गायक राम्जि खाँड,राजेश बर्देवा,गायिका जुना श्रीस र दुर्गा रोकाको सुमधुर आवाज रहेको लोकदोहोरी कोसेली “फल मिठो” सार्बजनिक भएको हो ।
निर्देशक मौषम हिमालीको निर्देशन,करण चौसिरको छायाँकन, नायिका केकी अधिकारी र रबिन्द्र तिनुङ को उत्कृष्ट नृत्य रहेको उक्त म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन ।
भिडियो:





