शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

युद्ध भए इरान ध्वस्त : ट्रम्प

युद्ध भए इरान ध्वस्त : ट्रम्प


  • एजेन्सी
  • जेष्ठ ७ २०७६, मंगलबार

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग युद्धमा होमिए ध्वस्त पारिदिने चेतावनी दिएका छन् । ‘यदि इरान युद्ध गर्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त्य हो,’ ट्रम्पले ट्वीटरमा भनेका छन्, ‘त्यसपछि इरानले संयुक्तराज्य अमेरिकालाई कहिल्यै धम्की दिनेछैन ।’ अमेरिकाले पछिल्ला दिनमा खाडी क्षेत्रमा सैनिक युद्धपोत तथा विमानहरु थपेको छ। आइतबार फक्स न्युजसँगको अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले ‘इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकसित गर्न नदिने’ बताएका थिए। ‘म युद्धमा जान चाहने व्यक्ति होइन किनकि यसले देशको अर्थतन्त्रमा असर पर्छ, र मानिस हताहत हुन्छन्,’ उनले भने। इरान पनि अमेरिकासँग युद्ध नचाहने पक्षमा देखिन्छ। यसअघि इरानी विदेशमन्त्री मोहम्मद जाभद जारिफले आफूहरुले अमेरिकासँग युद्ध नचाहेको बताएका थिए। इरान र अन्तर्राष्ट्रिय समुदायबीच सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेपछि दुई देशबीच तनाव बढेको हो। इरानले खाडी क्षेत्रमा परमाणु हतियार राख्ने गरेको संयुक्त अरब इमरेटसले दाबी गर्दै आएको छ। तर उक्त आरोपको इरानले खण्डन गर्दैर् आएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->