आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

“मोयाकै नाम प्यारो” सार्वजनिक (भिडियो सहित)

“मोयाकै नाम प्यारो” सार्वजनिक (भिडियो सहित)


  • Dhorpatan News
  • जेष्ठ ९ २०७६, बिहिबार

पोखरा,९ जेठ – गायक सर्जक रमेशबाबु थापा र गायिका अनिता पन्तको “मोयाकै नाम प्यारो” लोकदोहोरी भाकाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पोखरामा बुधबार लोकार्पण कार्यक्रमको आयोजना गर्दै उक्त गीतलाई सार्वजनिक गरिएको हो । रमेशबाबू थापाको लयशब्द रहेको गीतमा अनितालाई थापालेनै स्वरमा साथ दिएका छन् । गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । गीतमा कोरियोग्राफी पनि भट्टकै रहेको छ । रमेशबाबू र सुप्रिया रानाको अभिनय रहेको गीतलाई सार्वजनिक गर्दै नेपाल सँगीत नाट्य प्रतिष्ठानका प्राज्ञ प्रजापती पराजुलीले गीतको सफलताको शुभकामना दिए । उनले कलाकारले गाह्रो हुँदाहुँदै पनि गीत निर्माण कार्यमा निरन्तरता दिएको देख्दा खुशी लागेको बताए । मिहेनत गरेर निरन्तर लागि रहे सफलता एकदिन मिल्ने उनको धारणा थियो । अनिता पन्तको प्रशंसा गर्दै पराजुलीले निरन्तर गीतसँगीतमा लागि रहन प्रेरित गरे । कार्यक्रममा गोर्खा मिलन समाजका अध्यक्ष तिलक तिवारी, मगर चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका तदर्थसमितिका सदस्य गायक कृष्ण सुवेदी, ताण्डव साप्ताहिक पत्रिकाका सम्पादक अर्जुन गिरी, श्रष्टाद्वय रमेशबाबु र अनिता लगायतले बोलेका थिए ।
सार्वजनिक गीतलाई सँगीत संयोजन विश्वास नेपालले गरेका हुन् । राजेश घिमिरेको छाँयाकन रहेको गीतको म्युजिक भिडियोमा विष्णु शर्माको सम्पादन छ । गीतलाई गायक सर्जक शिव हमालको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->