शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

राहुलले स्वीकारे हार, मोदीलाई दिए बधाई

राहुलले स्वीकारे हार, मोदीलाई दिए बधाई


  • एजेन्सी
  • जेष्ठ ९ २०७६, बिहिबार

नयाँदिल्ली, ९ जेठ -भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीको हार स्वीकारेका छन्।बिहीबार साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै गान्धीले जनता मालिक भएकाले आज आदेश दिएको बताए। उनले चुनावमा जित हात पारेकोमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।‘मोदीजी र भाजपाको विचारले जितेको छ,’ राहुलले भने,‘म मोदीजी र भाजपालाई बधाई दिन्छु।’केरलाबाट लोकसभा चुनाव जितेका राहुलले कंग्रेस हारको जिम्मेवारी आफूले लिने बताए। उनले उत्तर प्रदेशको अमेठीमा पनि आफ्नो हार स्वीकार गरे।‘यो लोकतन्त्र हो। अमेठीका जनताले स्मृति इरानीमाथि जुन भरोसा गरेका छन् त्यसलाई मायाले पूरा गर्न आग्रह गर्छु,’ राहुलले भने। उनले कंग्रेस कार्यकर्ता पनि नडराएर फेरि आफ्नो अभियानमा लाग्न आग्रह गरे।‘नडराउनुस्। हाम्रो लडाइँ विचारको हो। भारतमा कंग्रेसको विचारधारामा विश्वास गर्ने धेरै मानिस छन्। हामी मिलेर एकदिन जित्नेछौं,’ राहुलले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->