शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भीषण आगलागी : १५ जनाको ज्यान गयो

भीषण आगलागी : १५ जनाको ज्यान गयो


  • एजेन्सी
  • जेष्ठ १० २०७६, शुक्रबार

नयाँदिल्ली ,१० जेठ – भारतको गुजरात राज्यको सूरत शहरमा रहेको एउटा कोचिङ सेन्टरमा आगलागी हुँदा एक शिक्षकसहित १५ विद्यार्थीको ज्यान गएको छ । सूरतको सर्थना बिनमा रहेको तक्षशिला कम्प्लेक्समा आगलागी हुँदा १५ जनाको ज्यान गएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । आगलागी भएको व्यावसायिक भवनमा कैयौँ मान्छे फसिरहेको प्रहरीले जानकारी दिएको छ । पीटीआईका अनुसार तक्षशिला कम्प्लेक्सको तेस्रो र चौथो तलामा आगो लागेको हो । समाचार च्यानलमा देखाइएको भिडियोमा मानिसहरु तेस्रो र चौथो तलाबाटै हाम फालेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घटनाप्रति दुःख व्यक्त गर्दै गुजरात सरकार र स्थानीय प्रशासनलाई प्रभावित नागरिकका लागि हरसम्भव सहयोग गर्न आग्रह गरेका छन् ।

Narendra Modi

✔@narendramodi

Extremely anguished by the fire tragedy in Surat. My thoughts are with bereaved families. May the injured recover quickly. Have asked the Gujarat Government and local authorities to provide all possible assistance to those affected.

6,343 people are talking about this

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->