पोखरा,१४ जेठ – लोकप्रिय गायक प्रकाश सपूतको नयाँ गीत “गलबन्दी” सार्वजनिक भएको एक साता वित्न नपाउदै नेपालको युटुब ट्रेन्डिङ २ मा रहेकोछ । १५ लाख भन्दा बढी दर्शकले युटुबमा भिडियो हेरेका छन। शान्ती श्री परियार र प्रकाश सपूतको स्वरमा रहेको उक्त गीतलाई शब्द संगीत संयोजन गायक सपूत स्वयम् आफैंले गरेका छन्। “गलबन्दी” मा पनि सपूतले सम्पुर्ण बोल माया कै टिमलाई समेटेका छन् । बोल मायाले जसरी दर्शकलाई रुवायो,’यो गीतले भने केही भावुक बनाएपनि भरपुर मनोरञ्जन दिएको दर्शकहरुले वताएका छन। बोल माया जहाँ नीर गएर टुंगिएको थियो त्यहि बाट गलबन्दीको सुरुवात भएको छ । यश गीतमा पनि मोडल अञ्जलि अधिकारीको अभिनय रहेको छ।
भिडियो पनि सपूत आफैले निर्देशन गरेका छन् । गाउँ घरमा चाडपर्व अथवा विशेष दिनमा गाउँभरिकै मान्छेहरु भेला भएर गरिने रमाइलोलाई भिडियोमा देखाउन खोजिएको छ । अझ भनौं भिडियो भित्र रमाइलो सँगै धेरै भावुक बनाउने पाटो हरु पनि हेर्न पाइन्छ । निकट भविष्यमा बोल माया भाग २ सार्वजनिक हुने सपूतले जनाएका छन ।





