पोखरा,१७ जेठ – जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा पन्चेबाजा गीत “छोरो खेलाउन” शुक्रबार सार्वजनिक भएको छ । बहुचर्चित गायिका शर्मिला गुरुङ र गाएक कमल जिएमको आवाज रहेको गीतमा लय शब्द ईश्वर बाबुको रहेको छ।जय नेपाल फिल्मसको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गणेश सेन्चुरी र आकृति थापा मगर को अभिनय रहेको छ । सर्जक ईश्वर बाबुको निर्देशन तथा सम्पादन मा तयार भिडियोको गायक कमल जि.एम ले छायांकन गरेका हुन ।





