शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मलेसियाको नयाँ निर्णय –‘अब डेढ सातामै कामदार भर्ना’

मलेसियाको नयाँ निर्णय –‘अब डेढ सातामै कामदार भर्ना’


  • Dhorpatan News
  • जेष्ठ १८ २०७६, शनिबार
??????????????????????????????????????????????????????????

क्वालालम्पुर,१८ जेठ – मलेसियाले रोजगारी अवधि पूरा गरि स्वदेश फिर्ने विदेशी कामदारको सट्टामा नयाँ कामदार लिने सम्बन्धी एक योजनाको घोषणा गरेको छ । मलेसियाली मन्त्रीपरिषद्ले हालै यससम्बन्धी निर्णय गरेको हो, यद्यपि यो नयाँ भने होइन ।मानव संशाधन मन्त्री एम कुला गेसरनले रोजगारीको करार अवधि सकेपछि अध्यागमन कार्यालयमा ‘चेक आउट मेमो’ बनाएर स्वदेश फर्किएका कामदारको सट्टामा अन्य कामदार सहजै भर्ना वा प्रतिस्थापन गर्न मिल्ने गरि यसअघि सन् २०१७ कै योजनालाई पुनः कार्यान्वयनमा ल्याउन लागिएको बताएका छन् ।मन्त्री कुलाका अनुसार मलेसियाली श्रम बजारमा कामदार अभाव पूर्ति गर्न यसअघिको सरकारले गत सन् २०१७ मा रोकेको योजना आगामी जुलाई १ देखि लागू गर्न लागिएको हो ।यस योजना कार्यान्वयन भएमा अब मलेसियाली रोजगारदाताले आफ्ना कामदार स्वदेश फर्किए लगत्तै उनीहरुको स्थानमा नयाँ कामदार प्रतिस्थापन गर्न पाउनेछन् । यो योजना रोजगारीका सबैजसो क्षेत्रमा लागू हुने बताइएको छ ।हाल करार अवधि पूरा गरेर फर्कने विदेशी कामदार फेरि ल्याउनुपरेमा नयाँ आवेदन पेश गरि सम्बन्धित मलेसियाली निकायबाट श्रम स्विकृति लिनुपर्दछ । त्यसो गर्दा अनुमति पत्र प्राप्त गर्न (एप्रुभल) झण्डै नौ हप्तासम्म समय लाग्ने र शुल्क पनि बढी लाग्ने गरेको छ ।
तर अब उक्त नयाँ योजनाअन्तर्गत रोजगारदाताले स्वदेश फर्कने कामदारको चेक आउट मेमोकै आधारमा सोही कोटामा नयाँ कामदारलाई रोजगारीमा भित्र्याउन पाउनेछन् ।मलेसियाली सरकारको यो योजनाको विभिन्न सरोकारवालाहरुले स्वागत गरेका छन् । उनीहरुले कामदार अभाव पूरा गर्न सहज हुने र समय पैसा बचत हुने विश्वास व्यक्त गरेका छन् ।‘मुलुकमा बेरोजगार समस्या समाधान गर्न र कामदार अभाव पूर्ति गर्न सहायक हुनेछ । र यो छिटो कार्यान्वयन हुनुपर्दछ ।’ मलेसियन ट्रेड युनियन कंग्रेसका महासचिव जे सोलोमनले स्थानीय पत्रपत्रिकासित भनेका छन् ।अर्को सरोकारवाला संस्था मास्टर्स बिल्डर्स एसोसियसन मलेसियाका अध्यक्ष फू चेक लिले सरकारको पछिल्लो निर्णयले रोजगारदातालाई राहत मिल्ने बताए । तर सरोकारवालाहरुले यस योजनाबाट कामदार लिँदा विचौलिया समावेश हुन नहुने भन्दै यसतर्फ सजक रहन सरकारलाई आग्रहसमेत गरेका छन् ।मलेसियाले विदेशी कामदारको ‘रिप्लेस्मेन्ट स्किम’ भनिने यो योजना ल्याउनुअघि सरोकारवाला निकाय, विभिन्न गैरसरकारी संस्था, विभिन्न श्रमिक स्रोत मुलुकहरुका नियोगका अधिकारी लगायतसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->