पोखरा,२० जेठ – नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ गीत माया थोरै भोर भर्खर मात्र सार्वजनिक भएको छ ।सार्वजनिक भए संगै गीत चर्चाको शिखर चुम्दै गरेको छ ।उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ । गीतमा लोकप्रिय गायक विष्णु माझी र सर्वजीत विकको आवाज रहेको छ । सर्वजीतले समेत गीतमा निकै उत्कृष्ट आवाज दिएका छन । प्राय आफ्नो शब्द लयमा आफै गीत गाउने कलाकार विष्णु खत्रीले पछिल्लो समय नयाँ सर्जकलाई समेत प्रोत्साहन गर्नको लागि गीत दिने गरेको बताए । विवि अनुरागीको संगीत संयोजन रहेको सो गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ भने महेन्द्र गौतम र अनु पराजुलीको अभिनय रहेको छ ।





