शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

लिची खांदा ४७ बालबालिकाको मृत्यु

लिची खांदा ४७ बालबालिकाको मृत्यु


  • एजेन्सी
  • जेष्ठ ३१ २०७६, शुक्रबार

पटना,३१ जेठ  -उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७  जना बालबालिकाको मृत्यु भएको छ।
बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार  सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन्।‘अन्तर्राष्ट्रिय विज्ञहरूले हामीलाई भनेअनुसार लिची त्यस्तो प्रकारको रसायन हुन्छ। लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ। जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारले भने,‘ मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो। बालबालिकाको मृत्यु हुनुमा लिचीको भूमिका छ भन्ने हाम्रो शंका हो। तर यो पनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ। लिची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन्।’बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए।मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा  बिरामी भर्ना गरेका थिए।बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ।सन् २०१३ मा पनि कम्तिमा ३ सय ५१ जना नागरिकको इन्सेफ्लाइटिसका कारण मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->