पोखरा, ७ असार – चर्चित गायक बसन्त थापा र लक्ष्मी मल्लको लोक दोहोरी गीत ‘लोभी आखा’ यतिबेला चर्चामा रहेको छ । चर्चित गायक बसन्त थापा र लक्ष्मी मल्लको स्वरमा सजिएको गीत अहिलेसम्म युटबमा ५३ लाख बढी दर्शकले हरेसकेका छन । गीतको शब्द कृष्ण केसी र संगित आफै बसन्त थापाको रहेकोछ ।
गित लोक दोहोरी भएको हुनाले धेरै नै राम्रो सुनिएकोछ र उक्त गित को भिडिओ पनी धेरै राम्रो सुटिङ भएको दर्शकहरुको प्रतिक्रिया छ ।
गितको भिडियोमा पुश्प खडका र अभिनेत्री शिल्पा पोख्रेल लाईनै फिचर्ड गरेको छ। गित मा दुबै कलाकार को जोडी निकै सुहाएकोछ।
म्युजिक भिडियोको छायांकन रामेश्वर कार्कीले गरेका छन । निर्देशन र कोरियोग्रफी शिभ बिकेले गरेका छन् भने अनिल केसीले निर्माणको पाटो सम्हालेका छन् ।





