पोखरा ,११ असार – बहुचर्चित लोकदोहोरी गाएक तथा सर्जक बिस्णु खत्री खेतवारी र मेलापातमा ब्यस्त छन् । केही समय अधि विदेशबाट फर्कदा श्रीमति धन सम्पती सहित अर्कैसंग लागे पछि उनी बिचल्लीमा परेका थिए । बिचल्ली खत्रीको पछिल्लो बहुचर्चित लोक दोहोरि गित थियो । खत्रीले वुधबार मात्र नयाँ लोक दोहोरी गित ‘बर्खा’ सार्वजनिक गरेका छन् । रस्तिबस्तिका यथार्थ घटनामा आधारित गित मार्फत श्रोता र दर्शक समक्ष प्रस्तुत गर्ने खत्रीले बर्खाको समयमा गाउँघरमा हुने गतिविधि,कृषि कर्म र मायां पिरतिलाई प्रस्तुत गरेका छन् । खत्रीको आफ्नै लय शब्द रहेको गितमा बागलुङकै कलाकार जुना श्रीसले साथ दिएकी छन् । सुमधुर क्रियसनले तयार पारेको गित खत्रीको आफनै युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । गितको म्युजिक भिडियोमा स्वयम खत्री संगै अप्सना थापा ,बिमल केसि र सकुना खत्रीले अभिनय गरेका छन् ।
भिडियो :





