बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सार्वजनिक भयो ‘कथा दलितको’

सार्वजनिक भयो ‘कथा दलितको’


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७६, बुधबार

पोखरा,२५ असार – पछिल्लो समय बहुचर्चित गीत गलबन्दीको चर्चा संगै कलाकार प्रकाश सपुतलाई लिएर सामाजिक संजालमा जातिय विभेद र देशमा जातिय कुराले एक प्रकारको तरङ्ग पैदा गर्यो । र अझै पनि बिभेद यथावत रहेको पाईन्छ ।
यसै बिचमा मान्छे मान्छे एउटै हो, रगत सबैको रातो हुन्छ, हामी नेपाली दाजुभाइ एक अर्कामा जातिय द्वन्द्व गराएर भाइ-भाइ बिच झगडा नगरौ भनेर सन्देश दिनका लागि  जय नेपाल फिल्मस् प्रालिको प्रस्तुतिमा जनचेतनामुलक लोक गीत कथा दलितको मंगलबार मात्र युटुब बजारमा सार्वजनिक भएको छ । ईश्वर बाबु को आवाजमा रहेको गीतलाई शब्द भने गणेश सेन्चुरीले लेखेका हुन ।लय ईश्वर बाबुको रहेको छ । यो गीतको भिडियोमा समाजमा अझै यथावत रहेको कुसंस्कारलाई झल्काउन खोजिएको छ। ईश्वर बाबुको निर्देशन तथा सम्पादनमा तयार पारिएको भिडियो लाई उनै गायक ईश्वर बाबुले छायांकन गरेका हुन भने सह छायांकनमा गणेश सेन्चरीले साथ दिएका छन ।  जय नेपाल फिल्मस् को आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतमा गणेश सेन्चुरी, कन्चन चौधरी,ईश्वर बाबू र बुबाको भुमिकामा चर्चित अनुहार खेम घर्तीको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->