शिरमा लाउने टोपीदेखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लग्यो अब ।
हरमा लाउने एउटै चिज त्यो नेपालीपन भा को
हरे कठै त्यहि पनि चाइना बाटै आ को ।
छैन झन्झट कताउन र तेउराउनलाइ पनि
उतै बाट आयो जनै बनिबनाउ बनि ।
खुस्श छिर्यो पशलमा पैसा तिर्यो पायो
सस्तो छिटो चाइनिज जनै अनि हरमा लायो ।
फालिएका थोत्रा पेलि त्यसको धागो बनाइ
त्यहि धागोलाई गाँठो पारि बनाइएको जनै ।
न त धोएको ,मन्तरेको ,न गरेको केहि
पशलबाट किनी लाउदा आज जनै त्यहि ।
सजिलो र सस्तो खोज्दा अर्को दण्ड पाउला
फोहोरी ति जनै लाउदा चाइनिज लुतो आउला ।
के चाँही बिक्छ नेपालमा अध्यन गरि गरि
पठाएकै छ चाइनिज सामान उसले बजार भरि ।
शराद लाउला तिथि आउला पण्डित कहा पाउला
गराइ दिन्छु शराद भन्दै चाइनिज पण्डित आउला ।
अरु भन्दा सस्तो छिटो गराई दिन्छु भनि
आउन मात्रै बाँकी रह्यो चाइनिज पण्डित बनि ।
संस्कृतका ति मन्तरलाइ चाइनिजमा ढाली
अरु सबै भरि त्यहा छाडी नाम खालि ।
मन्तर भरेका मोबाइल बोकी पण्डित जस्तै गरि
आउछन होला चाइनिज पण्डित अब बजार भरि ।
जनै उसको चल्ने भएसी चलाउ पण्डित पनि
छिटै गर्ला शराद पनि च्याङ्ग च्याङ्ग चुङ्ग चुङ्ग भनि ।
(कबि पन्तको कोइली खण्डकाब्य बजारमा आउदैछ ।)





