पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचार प्रसारका लागि बागलुङका बिभिन्न संघ संस्थाहरुले पहल थालेका छन् । जिल्ला सदरमुकाममा रहेका सामाजिक तथा व्यवसायिक संघ संस्था तथा केही स्थानीय तहको संयुक्त प्रयासमा यहाँका पर्यटकीय क्षेत्रको पहिचान र प्रचार प्रसारको काम थालिएको हो ।
बागलुङमा रहेको प्रसिद्ध पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिकाको सिमाानामा पर्ने बलढुंगासम्म पैदल यात्रको कार्यक्रम तय भएको छ । बागलुङमाा रहेका पर्यटन व्यवसायसँग सम्बन्धित संघ संस्था, पत्रकार, उद्योगी व्यवसायी र सरोकारवालालाई पैदलयात्रा गराएर यहाँका पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार–प्रसार गर्न थालिएको आयोजक संस्था धौलागिरी पर्यटन प्रवद्र्धन समितिका संयोजक खिमानन्द कँडेलले बताए । आगामी भदौ १४ गते पञ्चकोटदेखि बेलढुंगा सम्मको एक दिने पैदलयात्रा हुने छ ।





