बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्या राम्रो हाम्रो वाग्लुङ्ग !

क्या राम्रो हाम्रो वाग्लुङ्ग !


  • दुर्गालाल तिवारी
  • भाद्र १६ २०७६, सोमबार

पहिले धेरै दुर्गम थियो अहिले भयो सुगम
पुर्व पर्वत पश्चिम प्युठान रोल्पा अनि रुकुम।
उत्तरमा म्याग्दि पर्य‍ो लालि गुरास फुल्नी
दक्षिणमा प्रदेस पाच जिल्ला पर्छ गुल्मि।।

चार वटा न, पा यहाँ छ वटा गा ,प.
नेपाल जस्तै जिल्ला छ यो नक्शा हेरी नाप।
जैमिनी र ढोरपाटन बा,न,पा र गल्कोट
मध्यपहाडि लोकमार्ग हो विकासको फड्को।।

वढिगाढ मध्य तिर निसिखोला पश्चिम
ताराखोला उत्तर त वरेङ्ग पर्छ दक्षिण।
पुर्वमध्य काठेखोला उत्तर पश्चिम तमान
धेरै जात जाती वस्ने सबको व्याबहार समान।।

कालिकाको मन्दिर यहाँ वाग्लुङ्गको सान
गाजा दह घुम्टे लेक घोडाबाधे जान।
पश्चिममा ढोरपाटन रुद्रावतिताल
थानपति चमेरेगुफा बन्दै छन् है माल।।

मारुनी र झ्याउरे घाटु सुनिमाया गित
सालैजो भैलो यहाँ चलि रहेका रित।
वढिगाढमा न्वागिमेला वाग्लुङ्ग चैते दसै
हरिचौरमा वम राजाको दरवार छ है अझै।।

झरना र खोल्सा खोल्सी खोला यहाँ धेरै
लघुविध्दुत परियोजना उज्याला छन् घरै।
ढोरपाटन अालु स्याउ रणसिंहका ढुङ्गा
जडिवुटि प्रशस्त छन् जीवन लाई महङ्गा।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->