बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदेसबाट गाँउको सम्झना !

प्रदेसबाट गाँउको सम्झना !


  • जीवन केसी
  • कार्तिक ११ २०७६, सोमबार

प्रदेसबाट गाँउको वारी पारी सम्झीराछु
सुन्तला र काक्रा फल्ने बारी सम्झीराछु।

अम्बा पाकेको हुन्थयो, बोट भरी पहेलै,
बोक्नै गार्हो हजारी केराको घारी सम्झीराछु।

साथि संगि भैलो खेल्थ्यौ , डुल्थ्यौ रातैभरी,
जम्मा हुने चामल को भारी सम्झीराछु।

कस्ता भएहोलान भैलो भटाउने माईला दाई,
सेते दाईले पाल्ने लामो दार्ही सम्झीराछु।

पौडी खेल्थ्यौ दरम खोला,घुम्न जान्थ्यौ गल्कोट बजार,
सितल ताप्ने बर पिपल को छहारी सम्झीराछु।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->