बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म ‘संवेदना’को मत लिन आएकी होइन : विद्या भट्टराई (भिडियो)

म ‘संवेदना’को मत लिन आएकी होइन : विद्या भट्टराई (भिडियो)

उम्मेदवारी दर्तापछिको कोणसभामा विद्या बोल्दा कार्यकर्ता उत्साहित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०७६, बिहिबार

पोखरा, २१ कात्तिक – नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ की उम्मेदवार विद्या भट्टराईले आफू ‘संवेदना’को मत लिन नभई जनतासँग एकाकार हुन उम्मेदवार बनेको जिकिर गरेकी छन् ।
‘म माथि किन संवेदनाको मत लिन आएको भन्ने प्रश्न उठेको छ’ उम्मेदवारी दर्तापछिको कोणसभामा बोल्दै उनले भनिन्,‘ म शोकलाई शक्तिलाई बदल्ने आँटले जनतासँग एकाकार हुन आएको हुँ ।’ उनले कास्कीका जनताले नेकपालाई ५ वर्षको लागि जनमत दिएको र त्यो अझै कायम रहेको पनि बताइन् उनले त्यो जनतमतलाई कहीँ पनि असर नगर्ने गरि जनप्रतिनिधिहरुको भूमिका खेल्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
आलोचनाले नै आफूलाई सुधार्ने बताउँदै उनले अघि भनिन्,‘ विद्या भट्टराई एउटा समयको राजनीतिक अभियन्ता हो, पछि मेरो भूमिकाम बदलियो, हिजो म विद्यार्थी नेता थिएँ तर पछि एउटा राजनीतिक अभियन्तालाई अघि बढाउनु पनि राजनीतिक अभियन्ताकै भूमिका हो ।’ आफ्ना स्वर्गीय पति रवीन्द्र अधिकारीलाई राजनीतिमा अगाडि बढाउन आफू पछि बसेर घरपरिवार सम्हालेको उनको भनाई थियो ।
‘परिवारभित्र दुबै जना राजनीतिक अभियन्ताको रुपमा अगाडि बढ्दा दुबै जनाको गति रोक्न सक्छ भन्ने ठानेर एउटाको गति बढाउन म केही पछि भएँ’, उनले भनिन्,‘ म प्रचारमा देखिइन होला तर म राजनीतिबाट कहिल्यै बाहिर भइन ।’ उनले आफू खुल्ला किताब भएको बताउँदै जतिबेला पनि पछ्न सक्ने र पढ्दा कहिँकतै गल्ती भयो भने औंला पनि ठड्याउन मिल्ने व्यक्ति भएको बताइन् ।
नेपाल कम्युनिष्ट पार्टीको सरकारप्रति ठूलो भरोसा राखिएको र भरोसा भएकै कारण त्यसको आलोचन पनि भएको बताउँदै उनले त्यो भरोसाबाट आत्तिन नपर्ने बताइन् । उनले कार्यकारी अवस्थामा जाँदा र राज्य प्रणालीका अंगहरु समायोजन गर्दा सरकारका केही कमजोरी भएको जिकिर पनि गरिन् । यसअघि उनले आफ्ना पति रवीन्द्रको जन्मस्थल पोखरा–३३, भरतपोखरीबाट आफ्नो चुनावी अभियान सुरु गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा नेकपाको तर्फबाट सचेतक दीनानाथ शर्मा तथा नेकपा गण्डकीका सह–इन्चार्ज तथा सांसद खगराज अधिकारीले पनि बोलेका थिए ।

भिडियो : बालकृष्ण सुबेदी

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->