बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महिला र पुरुषले सक्दैनन् एकै किसिमले तौल घटाउन

महिला र पुरुषले सक्दैनन् एकै किसिमले तौल घटाउन


  • Dhorpatan News
  • मंसिर २६ २०७६, बिहिबार

तौल नियन्त्रणको विषय महिला र पुरुषमा फरक रुपमा लागु हुने गरेको एक नयाँ अध्ययनहरुले देखाएका छन् ।  यसमा पुरुषहरुले महिलाको तुलनामा सजिलै तौल घटाउन सक्ने दाबी गरिएको छ ।  गतवर्ष मात्र युनिभर्सिटी अफ कोपेनहागेनले आठ अन्य रिसर्च संस्थाहरु सँग मिलेर गरेको वैज्ञानिक अनुसन्धानपछिको नतिजाले पनि त्यही देखाएको थियो ।
यसमा अधिक तौल भएका २५०० मानिसहरुलाई आठ हप्ताको कठोर डायटमा राखिएको थियो ।  उनीहरु सबैमा एकै किसिमको क्यालोरी–कन्ट्रोल्ड डायट अपनाइएको थियो ।  तर अध्ययनको अन्त्यमा पुरुषहरु ११.८ केजी घटाउन सफल भएका थिए भने महिलाहरुले चाहिँ केबल १० किलो मात्र घटाउन सकेका हुन् । यो अनुसन्धानको विश्वव्यापी चर्चा भएको थियो जसले महिलाहरुलाई वास्तवमै पुरुषको तुलनामा तौल नियन्त्रण गर्न कठिनाइ हुने गरेको प्रमाणित गरेको हो ।
यसबारेमा प्रोफेसर इआन मेकडोनाल्डले भनेका छन्, “एउटै बडि मास इन्डेक्सलाई हेर्दा पनि पुरुषहरुमा ‘फ्याट–फ्रि मास’ अर्थात् बोसोरहित मसल्स बोसोयुक्त मसल्सको तुलनामा कम हुने गर्दछ । उनीहरुमा हुने हर्मोनका कारण त्यस्तो हुन्छ । त्यसैले पनि महिलाहरुलाई तौल नियन्त्रण गर्नमा केही कठिनाइ हुने गरेको छ ।” हामीले एक्सरसाइज नै नगरे पनि शरीरमा धेरै मसल्स भए सजिलै क्यालोरी बर्न गर्न सकिन्छ ।
यस्तोमा पुरुषहरुमा कम फ्याट र बढी मसल्स हुने हुनाले नै उनीहरुले तुलनात्मक रुपमा बढी प्रभावकारी तरिकाले तौल नियन्त्रण गर्न सक्छन् ।  तर पुरुषहरुले छिटै तौल घटाउन सके पनि समयसँगै महिलाहरुसँगको भिन्नता कम हुँदै जाने गर्दछ ।  त्यस्तै शरीरले पोषक तत्व लिने कुरामा पनि महिला र पुरुषमा ठूलो भिन्नता पाइन्छ । महिनाबारीका कारण महिलाहरुको शरीरमा आइरनको आवश्यकता बढी हुने गर्दछ जसकारण पनि निश्चित डायटप्रति महिला र पुरुषको शरीरले भिन्दाभिन्दै प्रतिक्रिया जनाउने गर्दछ। बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->