बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘न्यु इएर’ मनाउदै छु

‘न्यु इएर’ मनाउदै छु


  • केशबराज पराजुली
  • पुष १६ २०७६, बुधबार

“नयाँ-बर्ष” छोडी “न्यु इएर” मनाउदै छु
कुखुराको सिकारमा खुर्सानी हाली
चिकेन-चिल्ली पकाउदै छु।
मकै भुटी खै के खानु ?
पपकर्न मगाउदै छु।
मोहीको ठेकी फुटी गयो
कोकको बोतलले काम चलाएको छु ।
छोरा- छोरी होस्टल राखी
पप्पीसँग रमाएको छु,
“नया-बर्ष” छोडी मैले “न्यु इएर” मनाउदै छु।
बधुवा भैसीको खुर जस्तो
पार्टी सुज किनेको छु ।
आफ्नै जन्म मिति बिर्सेर के भो ?
पराईलाई रिझाएको छु,
“नयाँ-बर्ष” छोडी मैले “न्यु इएर” मनाउदै छु।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->