सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार स्थापना

प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार स्थापना


  • Dhorpatan News
  • फाल्गुन १२ २०७६, सोमबार

पोखरा,१२ फागुन – नेपाल प्रेस युनियन कास्कीले ‘नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार’ संचालन गरेको छ । युनियन कास्की वर्तमान कार्यसमितिको एक वर्ष पूरा भएको अवसरमा आइतबार बसेको बैठकले सो पुरस्कार संचालन गर्ने निर्णय गरेको हो ।
प्रत्येक २ वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि ४० हजारसहित सम्मानपत्र र दोसल्ला रहने छ । प्रेस युनियन कास्कीले सञ्चालन गर्न लागेको यो चौथो पुरस्कार हो ।
प्रेस युनियनको विकाससँगै पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारको सम्मानका लागि सो पुरस्कार संचालन गरिएको अध्यक्ष नवीन सिग्देलले बताए । यस वर्ष प्रकाशित गरेको क्यालेण्डरबाट बचत चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरी पुरस्कार संचालन गर्न लागेको हो ।
युनियनको पहलमा यसै वर्ष सूप्रेम शारदा पत्रकारिता पुरस्कार पनि संचालनमा ल्याइएको छ । ५१ हजार राशिको सो पुरस्कार राजनीतिज्ञ समाजसेवी सूर्यबहादुर केसीको परिवारले स्थापना गरेका हुन् ।
त्यस्तै, युनियनले यस वर्ष नै पूर्णप्रसाद बराल स्वर्गीय मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष व्यवस्थापन गरेको छ । सो पुरस्कारका लागि समाजसेवी भोला बरालले ३ लाख ३३ हजार ३ सय ३३ को अक्षयकोष स्थापना गरेका छन् ।
यसअघि, ३५ हजार पाँच सय ५५ राशिको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पनि संचालनमा रहेको छ । बैठकले प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन सफल बनाउने निर्णय गरेको छ । चैत २१ र २२ गते नेपालगञ्जमा हुने महाधिवेशनलाई सहयोग गर्न युनियनले आग्रह गरेको सचिव प्रदीप पौडेलले बताए । महाधिवेशनमा देशभरका १ हजार ५ सय बढी लोकतन्त्रवादी पत्रकार सहभागी हुने छन् ।
बैठकले होमस्टे कार्यक्रम व्यवस्थापनका लागि सदस्य सुभाष पौडेललाई संयोजक तोकेको छ । कार्यसमितिको बैठकपछि कार्यसमिति पदाधिकारी र सदस्यले मृर्गौलापीडित युनियनका सल्लाहकार राजबहादुर गुरुङलाई उनकै निवास पुगेर भेट गरेको छ । सफल शल्यक्रियापछि आराम गरिरहेका गुरुङलाई भेटी टोलीले स्वास्थ्यलाभको कामना गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->