सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

स्व. रबिन्द्र अधिकारीको सम्झनामा विभिन्न कार्यक्रम गरिदै

स्व. रबिन्द्र अधिकारीको सम्झनामा विभिन्न कार्यक्रम गरिदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७६, मंगलबार

पोखरा,१३ फागुन – स्वर्गीय रबिन्द्र अधिकारीको प्रथम स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउने मंगलवार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको हो । स्मृति दिवसको अवसरमा फागुन १० गते सम्पन्न भएको ‘क्यानभासमा रबिन्द्र अधिकारी’ कार्यक्रममा ख्यातिप्राप्त कलाकारद्वारा तयार पारिएका पेन्टिङहरु पोखरा सभागृह मा औपचारिक कार्यक्रम गरि सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ । त्यसैगरी देशभरका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने गरि आयोजना गरिएको निबन्ध प्रतियोगिताको पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । १५ गते नै प्रथम स्मृति सभामा प्रधानमन्त्री केपि शर्मा ओलि सहितका बिशिस्ट ब्यक्तिहरुले सम्बोधन गर्ने प्रतिस्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । फागुन १६ गते समाज रुपान्तरणमा रबिन्द्र अधिकारी विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको आचार्यले जानकारी दिए । त्यसगरी पोखराको जामुनेबोट मा रहेको सहिद तथा विभुती पार्कमा रबिन्द्रको पुर्णकदको शालिकको अनावरण गर्ने कार्यक्रम रहेको महासचिव आचार्यले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वर्गीय रबिन्द्र अधिकारिकी धर्मपत्नी तथा प्रतिष्ठानकी अध्यक्ष बिद्या भट्टराईलेरवीन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन प्रतिष्ठानले काम बताइन्। प्रतिष्ठानले अनुसन्धानात्मक क्रियाकलापलाई जोड दिने बताउँदै  नयाँ ढंगबाट परिचालन गरिने उनको भनाई थियो ।शोकलाई शक्तिमा बदल्दै  रवीन्द्रको विकासको सपनालाई निरन्तरता दिन आफु सधै लागि पर्ने उनले बताइन ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेकै बेला अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->