पोखरा, १३ फागुन – नेपाल कम्युनिष्ट पार्टी नेकपाको गण्डकी प्रदेश कमिटीको दोस्रोपूर्ण वैठक मंगलवारदेखि पोखराको सभागृहको बैठक हलमा सुरु भएको छ । पार्टी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठको प्रमुख आत्थियमा सुरु भएको वैठकमा प्रदेश कमिटीका सवै सदस्यको सहभागीता रहेको छ। इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सहइन्चार्ज किरण गुरुङ, खगराज अधिकारी लगायतका अतिथिहरु पनि वैठकमा सहभागी छन । अहिले भरखरै वैठकको सुभराम्भ गर्दै पार्टीका प्रदेश कमिटी अध्यक्ष हितराज पाँण्डेले एजेण्डाहरु प्रस्तुत गरेका छन । पार्टीका प्रदेस सदस्यहरुलाई वितरण गरिएको सामाग्रीहरुमा नेकपा केन्द्रिय कमिटीको दोस्रोपूर्ण वैठकका निर्णयहरु समावेश गरिएको प्रतिवेदन र गण्डकी प्रदेश सरकारका दुई बर्ष नामक पुस्तक मुख्य छन । 







