सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

शिवालयका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

शिवालयका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम


  • Dhorpatan News
  • फाल्गुन १३ २०७६, मंगलबार

पोखरा,१३ फागुन  – रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम दिइएको छ ।कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अन्तिम परीक्षा र एस. ई. ई.लाई लक्षित गरी ३ दिनसम्म तालिम सञ्चालन गरिएको हो । प्रशिक्षक कविता राईले आत्म जागरण, अन्तर वैयक्तिक सम्बन्ध, सिर्जनशील सोचाइ, समालोचनात्मक सोचाइ, निर्णय क्षमता, सकारात्मक सोच, समस्याको समाधान गर्ने सीपलगायतका विषयमा तालिम दिएकी थिइन् ।क्यारिन नेपाल र साथी नेपालको सहयोगमा भएको तालिमको उद्घाटन रुपा गाउँपालिका वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेतीले गरेकी थिइन् । कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत विकास पौडेल, दानबहादुर भुजेल, विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, सहायक प्रधानाध्यापक ऋषिराम ओझालगायतले शुभकामना दिएका थिए ।प्रशिक्षार्थीहरुका तर्फबाट बोल्दै छात्रा आरती सुर्खाली र छात्र कल्पित ओझाले तालिमले आफूहरुमा व्यावहारिक परिवर्तन ल्याउने सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->