सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

होटलकर्मीलाई चिनिया भाषा तालिम

होटलकर्मीलाई चिनिया भाषा तालिम


  • Dhorpatan News
  • फाल्गुन १३ २०७६, मंगलबार

पोखरा, १३ फागुन – पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही फागुन ८ गतेदेखि दुई महिने आधारभूत चिनिया भाषा तालिम होटलकर्मीका लागि पोखरामा संचालन भइरहेको छ ।तालिमलाई नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष सचिवालयले सहयोग गरेका छन् । तालिममा होटल क्षेत्रसँग सम्बन्धित ५० सहभागीले सिकाई ग्रहण गरिरहेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । कोरना भाइरसका कारण अहिले चिनिया पर्यटक आगमन मात्र नभई संसार भरि मा नै घुम्ने क्रममा सुस्तता आउँदा पर्यटनमा धक्का लागे पनि भविश्यलाई हेरेर यो तालिम संचालन गरिएको संघले जनाएको छ । कोरोना भाइरसका कारण उत्पन्न समस्या छिटै समाधान हुने विश्वासका साथ उक्त तालिम संचालन गरिएको अध्यक्ष तुलाचनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->