बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

एनएमबि बैंकद्वारा गण्डकी सरकारलाई पिपिई हस्तान्तरण

एनएमबि बैंकद्वारा गण्डकी सरकारलाई पिपिई हस्तान्तरण


  • Dhorpatan News
  • चैत्र २७ २०७६, बिहिबार

बागलुङ, २७ चैत– एनएमबि बैंकले बिहिबार गण्डकी प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । एनएमबि बैंकका सञ्चालक योगेन्द्र लाल प्रधान र गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले संयुक्त रुपमा १ सय थान पिपिई गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका छन् । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको बैंकका संचालक प्रधानले बताए । ‘कोरोनाको महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि प्रतिबद्घ छौं’ सञ्चालक प्रधानले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->