बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

नेपालको चर्चित कुलायन ब्याट्रीले गर्यो विपन्नलाई जिन्सी सहयोग

नेपालको चर्चित कुलायन ब्याट्रीले गर्यो विपन्नलाई जिन्सी सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७६, शनिबार

विराटनगर, २९ चैत – नेपालको चर्चित कुलायन ब्याट्री इन्डस्ट्रीज प्रालिले इटहरी उपमहानगरपालिकालाई २ हजार किलो चामल हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रका विपन्न परिवारको सहयोगका लागि राहत स्वरुप चामल हस्तान्तरण गरिएको प्रालिका सञ्चालक गीरेन्द्र कार्कीले बताए । चामल शुक्रबार मेयर द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्कीले यस अघि विराटनगर ११ का विपन्न परिवारलाई पनि राहत वितरण गरेका थिए ।
‘लकडाउनको समयमा धेरै विपन्न परिवार र मजदुर भोकै हुने अवस्था छ, यो समयमा उनिहरुलाई केही सहयोग होस भनेर हामिले चामल हस्तान्तरण गरेका हौँ’ सञ्चालक कार्कीले भने ‘हाम्रो सामाजिक उत्तरदायित्व अन्तरर्गतका यस्तो अभियान जारी रहनेछ ।’
उनले कोरोना भाइरससँग लड्ने सरकारको अभियानमा प्रालीको सँधै साथ रहने समेत बताए । चामल बुभ्दै मेयर चौधरीले विषम परिस्थितिमा उपमहानगर मार्फत विपन्नलाई सहयोग गरेकोमा प्रालीलाई धन्यवाद दिए । ‘हामी नागरिकलाई सुरक्षित राख्न हर समय प्रयासरत छौँ, यो अभियानमा तपाईहरुले पनि साथ दिनुभएको छ, यस्ता सहयोगी हातहरुप्रति म आभार प्रकट गर्दछु,’ मेयर चौधरीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->