बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

भोकै परेकालाई पोखरामा निःशुल्क भोजन

भोकै परेकालाई पोखरामा निःशुल्क भोजन

बुधबारसम्म ४३ सयलाई


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

पोखरा, ११ बैशाख– लकडाउनका कारण खाना खान नपाएर अप्ठेरोमा परेकाहरुलाई पौरखी स्वयम सेवक समुह पोखराले पाँच दिनमा ४३ सय जनालाई निःशुल्क खाना खुवाएका छन् । शनिबार देखी सुरु भएको भएको अभियानमा बुधबार साँझसम्म ४ हजार २ सय ९९ जनालाई खाना खुवाएका हुन् ।
पौरखी स्वयमसेवक समुह सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएका, हिडेर गन्तव्य जादै गरेकाहरुलाई खाना दिदै आएका छन् । उनीहरुले खाना पकाएरै प्याक गरेर पु¥याउने गरेका छन् । पोखरा ७ शान्तिनगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पाक्छ । खाना प्याक गरेर खाना नपाएको खबर आए पछि सोही ठाउँका स्थानी, जनप्रतिनिधि, प्रहरीसँग समन्वय गरेर खाना पु¥याउन गरेको पौरखी स्वयमसेवक समुहका जनक पराजुलीले बनाए । पहिलो चरणमा आफुहरुले नै नगद उठाएर बिहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनको भनाई छ ।
घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुहका सदस्यलाई टेलिफोन वा कुनै माध्यमले सम्पर्क गरे पीडित भएकै ठाउँमा खाना पु¥याउने गरेका स्वयम सेवी समुहका अर्का सदस्य राजु शर्माले बताए । उनले विहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पु¥याइदिने गरेका छन् । खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी समावेश गरेर पु¥याउने व्यवस्था गरेको बताए ।
‘यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुने पछि यो अभियान शुरु गरेका हौ ।’ उनले कामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । खान पाएनन् भनेर पनि दिनै पिच्छे बढ्दै गएको उनले बताए । खानै नपाउने अवस्थाको ठुलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न भनेको उनले बताए । शनिबार विहानबाट शुरु भएको अभियानमा पाँच दिन सम्ममा ४ हजार २ सय ९९ जनालाई खाना निःशुल्का पु¥याइसकेको समुहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए । उनले शनिबार विहान बेलुका गरे ३ सय ११ जना, आइतबार विहान बेलुका ९ सय ४५ र सोमबार विहान बेलुका १ हजार ४९, मंगलबार ८ सय ५१ जना र बुधबार १ हजार १ सय ४३ जनालाई खाना पु¥याएको उनले बताए ।
यता, पोखरा १५ नयाँगाउ चोकमा हालै संचालनमा आएको याक तिवेतियन रेष्टुरेण्ट एण्ड क्याफेका संचालक हरिशरण थपलिया, सुरेश थापा, सुरजमान सिंह बस्नेत, डविन गुरुङ र साथिहरू मिलेर व्यक्तिगत खर्चमा निःशुल्क खाना बाडिरहेका छन् । दिन प्रतिदिन खाना खानेहरू बडिरहेको वताउँदै सहयोग गर्न इच्छुकले यस कार्यमा सहभागी हुन हरिशरण थपलियाले अनुरोध गरेका छन् ।विपतको वेलामा विशाल मनका युवाहरूले कोहिभोकै बस्न नपरोस भनेर थालेको यस अभियानमा पहिलो दिन ३०, दोस्रो दिन ९५, तस्रो दिन १४०, चौँथो दिन १८०, पाँचौँ दिन २३० र आज छैट्टौ दिन २५० जनालाई खाना वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->