बागलुङ, १३ बैशाख– २०७५ चैतबाट सुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य गत चैत्रमा सम्पन्न भएको छ । सिंगल स्पान प्रबिधिमा बनेको यो संसारकै लामो झोलुङ्गे पुल हो । सिंगल स्पान प्रबिधिको यो भन्दा पहिले स्विजरल्याण्डमा ४९४ मिटर लामो झोलुङ्गे पुल बनेको छ । निर्माण सम्पन्न भएको पुलको उद्घाटन र हस्तान्तरणको काम मात्रै बाँकी छ । पुल निर्माण कार्य सकिएको ठेकेदार कम्पनी थानी÷बिएलटि÷हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिए । पुलमा बिजुलीको लागि आवश्यक ‘वायरिङ्ग’ को काम मात्रा अहिले चलिरहेकोे छ । निर्माण स्थलबाट ढोरपाटन न्यूजको भिडियो रिपोट…..





