शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यात्रु ओसारपसार रोकी लकडाउनमा कडाई गर्न गृहको निर्देशन

यात्रु ओसारपसार रोकी लकडाउनमा कडाई गर्न गृहको निर्देशन


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०७७, सोमबार

काठमाडौं, १५ बैशाख – गृह मन्त्रालयले यात्रु ओसारपसार गर्ने काम तत्काल रोकी लकडाउनलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै पासबिनाका सवारीसाधनको आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।
काठमाडौँ उपत्यका, प्रदेश सदरमुकाम, जिल्ला सदरमुकामहरुमा बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारीसाधनलाई अनौपचारिक रुपमा केही खुकुलो गराइएको थियो । पछिल्लो एक हप्तामा अलपत्र सबैको उद्धार भइसकेको ठहर गर्दै सोमबारबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको गृह मन्त्रालयले जानकारी दिएको छ । सवारीसाधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकोले कडाइ गरिएको गृहको दाबी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->