बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

लकडाउन उल्लङ्घन गर्ने ४८ सवारी र ६५ जना कारबाहीमा

लकडाउन उल्लङ्घन गर्ने ४८ सवारी र ६५ जना कारबाहीमा


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७७, मंगलबार

                                                                   फाईल फोटो ।
पोखरा, १६ बैशाख – पोखरामा लकडाउन उल्लङ्घन गर्ने ४८ सवारी र ६५ जना सर्वसाधारण कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लकडाउन उल्लङ्घन कारबाही गरेको हो ।
लकडाउन उल्लङ्घन गरेर घरबाहिर हिँडेको कसुरमा प्रहरीले उनीहरुलाई काबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीका अनुसार लकडाउन उल्लङ्घन गर्ने ६५ सर्वसाधारण र ४८ सवारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेकालाई आवश्यक सम्झाई बुझाई गरेर छोडिएको उनले सुनाए । ‘कामै नपरि पनि हातमा धनियाँ बोकेर हिड्ने, अरु बाहाना पार्ने ६५ जनालाई कारबाही गरेका छौं’, उनले भने, ‘आज कारबाहीमा पर्नेमा ४८ वटा सवारी पनि छ ।’ अत्यावश्वक काम नपर्दा पनि मान्छेहरु जानी जानि घरबाहिर निस्केको उनले सुनाए । कारबाहीमा परेकाहरु घरबाहिर निस्कन हुन्न भन्ने थाहा हुँदाहुँदै पनि घरबाहिर निस्केको उनले बताए । ‘मान्छेले सूचना नपाएर निस्केको होइन, सबैले पर्याप्त सूचना पाएका छन् । तर, पनि जानिजानि घरबाहिर निस्किरहेका छन्’, उनले भने ।
कारबाहीमा परेकाहरु फेरि पनि दोहोरिएमा कानूनी कारबाही अघि बढाइने उनले सुनाए । कारबाहीमा परेकाहरुलाई प्रहरीले पोखरा विमानस्थल परिशरमा केहीबेर राखेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->