पोखरा, २६ बैशाख– पोखरा फेवातालमा एक पुरुष मृत फेला परेका छन् । फेवातालमा हामफालेको खवर पाएसंगै पुगेको शसस्त्र प्रहरीको गोताखोर टोलीले पहिचान नखुलेको एक पुरुषको शव तालबाट निकालेको हो । मुत युवाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । उनको शव शसस्त्र प्रहरी सहायक निरिक्षक दिपेन्द्र बिस्ट र शसस्त्र प्रहरी जवान दिर्घनारायण पौडेलले निकालेका थिए । फेवातालमा करिब साढे १ घण्टाको प्रयास पछि शव निकालेको दिर्घनारायण पौडेलले बताए । उनको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पठाएको प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।





