शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७७, शनिबार

काठमाडौं, २७ बैशाख – शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरु उदयपुर, कपिलवस्तु र पर्साका हुन् । उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->