बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गयो

घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गयो


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७७, सोमबार

पोखरा, २९ वैशाख– पोखरा महानगरपालिका–१३ आर्बामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गएको हो । पोखरा–१३ आर्बाका ६१ वर्षिय गजेन्द्रबहादुर बराल घर नजिकैको दवाङ खोला भन्ने स्थानमा पाख्रीको रुखबाट खस्दा ज्यान गएको हो । प्रहरीका अनुसार, रुखबाट लडेर घाइते भएका बराललाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । चेकजाँच गर्ने क्रममा अस्पताल ल्याउनुअघिनै उनको मृत्यु भईसकेको डाक्टरको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->