बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पूर्वयुवराज पारसले फेवाताल किनारका जलारीलाई राहत बाँडे

पूर्वयुवराज पारसले फेवाताल किनारका जलारीलाई राहत बाँडे


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

पोखरा, ३० वैशाख– पूर्वयुवराज पारसले पोखरामा रहेका जलारी समुदायलाई राहत बितरण गरेका छन् । लकडाउनको बेला पोखराको लेकसाइडमा बस्दै आएका उनले पोखराको खपौँदी क्षेत्रमा रहेका ४० परिवारलाई राहत बितरण गरेका हुन् । उनले ८४ वर्षिया बृद्धा रत्नमाया जलारीलाई राहत प्याकेज हस्तान्तरण गरे ।
आफूलाई राखिएको सोफामा नबसेर सामान्य कुर्चीमा बसेका पारसले त्यहाँ केही स्थानीय र सहयोगीहरुसँग भलाकुसारी पनि गरे । राहत प्याकेजमा १० किलोग्राम चामल, नुन, तेल, दाल, बिस्कुटलगायत रहेको उनका सहयोगीहरुले जानकारी दिए । आफू बसेको होटलबाट मोटरसाइकलमा खपौँदी पुग्दा जलारी समाजका अध्यक्ष ईन्द्रबहादुर जलारीसहितका स्थानीय जलारी समुदायले उनलाई खादा र मालासहित स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->