बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चितुवाको आक्रमणबाट पर्वतमा दुई जना घाइते

चितुवाको आक्रमणबाट पर्वतमा दुई जना घाइते


  • संजय रेग्मी
  • जेष्ठ १ २०७७, बिहिबार

पर्वत, १ जेठ– पर्वतको जलजला गाउँपालिकामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा गाउँपालिकाको वडा नं. ८ नाग्लीवाङका अन्दाजी ५६ वर्षीय गोविन्दबहादुर केसी र ३४ वर्षीय कृष्ण परियार रहेका छन् । बिहीबार दिउँसो झन्डै साढे ३ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा केसीलाई चितुवाले आक्रमण गरेको वडाध्यक्ष हरिबिकास जिसीले जानकारी दिए । आक्रमणबाट केसीको घाँटी र हातमा चोट लागेको छभने परियारको हातमा चोट लागेको छ । केसीलाई बचाउने क्रममा परियार घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ । चितुवालाई स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला बन कार्यालय पर्वतको खोरमा राखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->