पर्वत/करुणा फाउन्डेसन र नेपाली सेनाको सहकार्यमा पर्वतको जलजलास्थित लुङ्गदी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक सहतिका सामग्रीहरु वितरण गरिएको छ ।
विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री, विद्यालयमा प्रयोग गर्ने झोला तथा पोशाक वितरण गरिएको हो । विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्ने, पठनपाठनमा सहजता ल्याउने तथा शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले करुणा फाउन्डेशन नेपाल र नेपाली सेनाको पश्चिम पृतना पोखराको सहकार्यमा प्राप्त सहयोगले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । विशेषगरी आवश्यक शैक्षिक सामग्री तथा विद्यालय पोशाकको अभावमा पठनपाठनमा कठिनाइ भोग्नुपर्ने विद्यार्थीलाई यस सहयोगले थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
विद्यालय परिवारले आफ्नो विद्यालय र विद्यार्थीलाई सहयोगका लागि छनोट गरी शैक्षिक सामग्री उपलब्ध गराएकोमा करुणा फाउन्डेशन नेपालप्रति आभार व्यक्त गरेको छ । सहयोग र सामाजिक उत्तरदायित्वको कार्यले विद्यार्थीको शैक्षिक सुधार तथा गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने छ ।
विद्यालयले शैक्षिक विकासका लागि सरकारी निकाय, सामाजिक संघसंस्था तथा सहयोगी संस्थाहरूबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्राप्त सहयोगको सदुपयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।





