बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पोखरामा पत्रकारको पनि स्वाव परीक्षण

पोखरामा पत्रकारको पनि स्वाव परीक्षण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७७, शनिबार

पोखरा, ३ जेठ– पोखराका क्रियाशिल पत्रकारहरुको स्वाब परीक्षण सुरु गरिएको छ । कार्यक्षेत्रमा खटिने पत्रकारहरु पनि संक्रमित हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर शनिबारबाट स्वाब परीक्षण सुरु गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार, शनिबार फोटो पत्रकार राम गुरुङ र बिग एफएमका स्टेसन म्यानेजर रञ्जन अधिकारीको स्वाब परीक्षण गरिएको हो । दुबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
मुटुको रोगी हुँदाहुँदै फिल्डमा खटिएका फोटो पत्रकार गुरुङ र संक्रमण फेला परेको जिल्ला धादिडबाट करिब २ हप्ता पहिले मात्र आएको र छाती र घाँटी दुख्ने तथा सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएकोले अधिकारीको परीक्षणलाई प्राथमिकता दिइएको हो । फिल्डमा हिँडिरहेका बाँकी पत्रकारहरुको पनि परीक्षणका लागि वातावरण बनेको र सबैको परीक्षण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->