बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

साथीको हत्या गरेको आरोपमा ४ जना पक्राउ

साथीको हत्या गरेको आरोपमा ४ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७७, आइतबार

पोखरा ४ जेठ – पोखरा १४ समिनतारामा साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । करिब एक महिना अघि घनले हानी गोर्खा भिलेज बस्दै आएका समिनतारका २० वर्षीय विमल रानाभाटलाई उनका साथी २० वर्षीय ज्ञानबाहादुर परियार र अन्य ३ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।
हत्यामा संलग्न भएको भन्दै ज्ञानबहादुर सहित उनका साथिहरू १८ वर्षीय कुमार परियार, १८ वर्षीय संजय दर्जी र बागलुङ गोलकोट घर सोहि स्थानमा बस्दै आएका १९ वर्षीय सागर परियारलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी निरिक्षक नरहरी अधिकारीले जानकारी दिए ।
विमलको टाउकोमा घनले हानी हत्या गरेका थिए । विमलको मृत्यु भएपछि उनको शव घर पछाडी करिब ३०-४० मिटर पर रहको बारीको डिलमा लगि गाडेका थिए । घटना घटेको करिब एक महिना पछि विमलको शव सडेको अवस्थामा निकालीएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक दानबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले शव निकालेको थियो ।
“पोखरा १४ समिनतारामा करिब एक महिना अघि एक जनालाई मारेर गाडेको अवस्थामा उत्खनन् गरेका छौँ । घटना कहिलेको भन्ने खुलिसकेको छैन” प्रवक्ता अधिकारीले भने, “हामिलाई मानिस हराएको र उनको हत्या भएको भन्ने सुचना प्राप्त भयो, सोहि सुचनाको आधारमा हामिले खोज तलासी गर्ने क्रममा शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लियौ । हत्याको आशंकामा ज्ञानबहादुर लगायत अन्य ३ जनालाई पक्राउ गरेका छौँ” उनले भने । उनीहरुलाई सोहि स्थानबाट नै पक्राउ गरेको अधिकारीले बताए । शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको प्रवक्ता अधिकारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहको उनले बताए ।
कास्कीमा काट्याक्टर दुर्घटाना हुदाँ ७ घाइते
कास्कीको रुपमा गाउँपालीका ५ देउरालीमा ट्याक्टर दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । रुपा गाउँपालीकाबाट पोखरा आउदैँ गरको ग १ त ४१७२ ट्याक्टर अनियन्त्रीत भइ पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परि मादि गाउँपालिका निवासी ट्याक्टर चालक २२ वर्षीय लक्ष्मण वि.क,सोहि स्थानका १९ वर्षीय हस्तबहादुर बुढामगर ट्याक्टरमा सवार पोखरा ३२ राजचौताराकी ३० वर्षीय कोपिला सुनार, ४ वर्षीया जोशीका सुनार, ९ वर्षीय दिपेश सुनार, पोखरा २६ बुढिबजारकी ४९ वर्षीया बुद्धिमाया सुनार र ५५ वर्षका विरबहादुर मगर घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->