पोखरा, ६ जेठ – पोखरा महानगरपालिका–२९, प्रगतिटोलका ४० विपन्न परिवारलाई सोमवार राहत वितरण गरिएको छ । कास्की पोखरा आदर्श समाज क्युशु जापानबाट प्रगतिटोल निवासी उक्त संस्थाका अध्यक्ष पुष्प पौडेलको सक्रियतामा संकलित रकमबाट संस्थाका उपाध्यक्ष पदम कुमारी सुवेदीको उपस्थितिमा राहत वितरण गरिएको हो । प्रगतिटोलमा बसोबास गरिरहेका अति विपन्न, गरीव, अपाङ्ग, सुत्केरी तथा दैनिक ज्यालादारी मजदुरी गरेर जीवन निर्वाह गरिरहेका उनीहरु सहित नर्मदेश्वर मोक्षाश्रमलाई १ बोरा गरी २६ बोरा चामल वितरण गरिएको छ ।





