बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

छानो छाउदा खसेर घाइते मजदुर चौधरीको मृत्यु

छानो छाउदा खसेर घाइते मजदुर चौधरीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७७, बिहिबार

कुश्मा, ८ जेठ – पर्वतको कुस्मा नगरपालिका-४ मा छानो छाउने क्रममा खसेर घाइते भएका मजदूरको मृत्यू भएको छ । छमर्के घुम्ती स्थित फोहोरमैला ब्यबस्थापन केन्द्रको बुधबार दिँउसो टिनको छानो छाउने क्रममा खसेर घाइते भएका ३४ बर्षिय चन्द्रमान चौधरीको उपचारकै क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । बर्दिया जिल्ला घर भएका चौधरी कुश्मा नगरपालिका-६ दुर्लुङचोक स्थित आरडि ग्रिल उद्योगमा कार्यरत थिए ।
घरमा टिनको छानो छाउने क्रममा अन्दाजी १० फिट तल खसेर गम्भीर घाईते भएका चौधरीलाई उपचारको लागि बुधबार पर्वत अस्पताल लगिएको भएपनि अवस्था गम्भीर रहेकोले थप उपचारको लागि पोखरा पठाइएको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->