बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

‘केपी ओली सपुत हुन्’

‘केपी ओली सपुत हुन्’

(आइतबारदेखि सुरु भएको गण्डकी प्रदेशको बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदलाई गरेको सम्बोधनको सम्पादित अंश)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७७, आइतबार

पोखरा, ११ जेठ– मैले धेरै अगाडीदेखि भन्दै आएको छुँ । नेपालमा धेरै अगाडीदेखि नेपाली कांग्रेस, कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि प्रजापरिषद्को पालमा पनि भनेको होला यि सबको पालादेखि नेपाल र भातको बिचमा असमान सन्धि छ । भारतले हामीलाई अतिक्रमण गरेको छ । हेपेको छ । यो त प्रतिपक्षमा हुँदा सडकको नारा, सत्तामा हुँदा चुनावी नारा हो । अहिलेसम्म पनि छ ।
ल्यान्डलक्ड मुलुकले समुन्द्रसम्म पाउनुपर्ने ट्रेड एन्ड ट्रान्जिट, ट्रिटीको कुरा जुन थियो, सन्धी अर्को तेस्रो मुलुलकसँग पनि हुनुपर्छ भनेर हामीले आटै नगर्ने ? चीनसँग ट्रेन्ड एन्ड ट्रन्जिट, टिटीको कुरा ग¥यो भने भारत रिसाउँछ भनेर चुप लागेर बस्ने !
नारा लगाउने कम्युनिष्टले पनि त्यो काम गरेन । कांग्रेसले पनि गरेन । राप्रपा राष्ट्रवादी पार्टी भन्ने त्यल्ले पनि केही पनि होइन । सत्य त यही हो नि ! र चाहिँ तपार्इँको जुन बेला केपी ओलीको सरकार बन्यो अघिल्लो पटक, नाकाबन्दी लगाइयो हामीलाई । बारम्बार नाकाबन्दीको कहिले हामीले हेक्का राखेका छौं । २०२८ सालमा म ६ कि ७ कक्षामा पढ्थें । म भोर्लेटारमा पढ्दा, हाम्रो हेड सरले भन्थ्यो, ‘भारतले नाकाबन्दी लगायो ।’
त्यो बेलामा नाकाबन्दी के हो हामीलाई थाहै थिएन ।
नुन, तेल आउन नदिने रे ! भन्थे ।
त्यो नुन, तेल आउन नदिने कारण के रहेछ ? ०२६ सालमा कृतिनीधि विष्टले राजा महेन्द्रसँग भनेका रहेछन्, ‘महाराज एउटा काम गर्छु म ।’ राजाले के गर्छौंं भनेर सोधेपछि, नेपालमा भएको जावालाखेलमा भएको ग्यारियसन पनि घटाउँछु । यो उत्तरी सीमानामा रहेका भारतीय सैनिक पोष्ट पनि हटाउँछु ।
सक्छस् ? राजाले भनेछन् ।
गरेर त हेरौं महाराज, जे होला होला ।

उसले त्यो भन्नुको कारण के हो भने राजा महेन्द्र पनि इन्डियाको कांग्रेस सरकारसँग केही न केही कुरा लेनदेन गर्न चाहन्थ्यो । राजाले पनि इन्डियासँग केही लिऊ न भन्ने मनशाय राखेको बुझेर किर्तिनीधि विष्टले ४ हजार हो कि कति थाहा छैन । जावालाखेल महाराजगंजमा पनि हेडक्वाटर थियो । हाम्रो यो मनाङ जिल्लाको थोचेमा पनि थियो । रुइला, लार्के, कोरोला साइड, थार्के कता बस्या थिए । सबै ठाउँमा, उनीहरुले सेक्युरिटी बोर्डर चाहिँ कहाँ मान्थ्यो भन्दा, हिमाललाई चाहीं सेक्युरिटी बोर्डर मान्थ्यो । नेपालको सार्वभौमिक एरिया भित्र । पहिलो पटक उनले हटाए । त्यो हटाएको कारणले, त्यतिखेर नाटाको एउटा रहेछ, राजा महेन्द्रले, राजा महेन्द्र र कालापानीको गरेर इन्डियाको एउटा नाटा । कालापानीमा जुन बस्याथ्यो । कालापानीको नाटा हाउस । १९६२ मा इन्डिया र चाइनाको लडाईंपछि । इन्डो तिब्बेतियन सेक्युरिटी फोर्स भन्ने थियो इन्डियाको । त्यसलाई त्यहाँ राखिएको थियो । राजा महेन्द्रले इन्डियासँग मिलेर १९६५ मा ट्रिटी गरेको भनेको सायद, त्यहीं बेलामा होला । त्यहीं कारणले सैनिक पोस्ट हटयो भन्ने रिसमा इन्डियाले ०२८ सालमा नाकाबन्दी लगायो । ०४५ मा राजिव गान्धी र वीरेन्द्रको कुरा मिलेन । हामीहरु सात दल र सात कम्युनिष्टको वाममोर्चा र नेपाली कांग्रेस पञ्चायतविरुद्धको लडाईंमा थियौं । त्यही बेलामा चाहीं विरेन्द्रसँग कुरा मिलेन । मैले भने, हामीलाई त स्वादै प¥यो । इन्डियाले साथ दिएको कारण निरकुंश पञ्चायती व्यवस्था फाल्न सक्यौं । निरकुंश राजालाई संवैधानिक बनाउन सक्यौं । केही हदसम्मको लागि भए पनि । साक्षी भएर इन्डियन नेता आएर भाषण गरेका होइनन् ? त्यो राजा वीरेन्द्रलाई देखाउन राज्यमन्त्रीले खेलेको कार्ड थियो । हामीलाई त स्वाद परेन, त्यतिबेला सुनेनौं । तर, पनि हाम्रो सार्वभौम हिसाबले हेर्ने हो भने हाम्रो पोलिटिक्समा इन्डियालाई आमन्त्रण गरेको विषय थियो, त्यो ।
तर, त्यसबेलामा पनि राजिव गान्धी र वीरेन्द्रको झगडाको कारण ०४६ सालमा नाकाबन्दी ब्यहोरेको हामीले । इन्डियाको स्वार्थपुर्ति गर्नको लागि हामी थोरै अडिने बित्तिकै माटोको देशको, भुगोल, नेपाल र नेपालीको थोरै माया मानेर थोरै मात्र केही काम गर्न खोजे पनि त्यसले नेपालीलाई नाकाबन्दीको लाठो जहिले पनि लगाउने नेपालीलाई ।
०७२ सालमा किन लगायो ?
हामी सबैलाई थाहा छैन ? इन्डियाले भने अनुसारको संविधान बनाउन पर्ने । तराईका पार्टीहरु नमिलुञ्जेलसम्म, सहमति नहुञ्जेल संविधान नबनाउने भनेको होइन ? त्यतिखेर कमसेकम हाम्रा ठूला दलहरु नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस लगायतका जो हामी त्यतिबेला जो हामी ठूला पार्टी थियौं । हामीले कमसेकम यो कुरालाई नमानेर, संविधान बनाउने कुरा ठूलो हो भन्ने सोच्यौं । ८५ प्रतिशत सांसदहरुको समर्थनमा यो संविधान बनेको हो ।
भारतले नाकाबन्दी लगाए पनि पछि आफैंले स्विकार गरेर नाकाबन्दी खोल्नु प¥यो । मैले यो लामो भूमिका बाँध्नुको तात्र्य के हो भने, केपी ओली भाग्यमानी छन् । मरिसक्या मान्छे बाँचेर आयो । सायद, हाम्रो नेपालको सीमा फिर्ता ल्याउनु रैछ । पाखो फिर्ता ल्याउनु रैछ । त्यो अवसर त उहाँलाई मिल्यो ।
नेपालमा कति जना प्रधानमन्त्री भा’छ ? भिमसेन थापापछि नेपालमा कति जना प्रधानमन्त्री भए गन्नसु त ? ३८ जना । गिरिजाप्रसाद कतिपट भयो ? शेरबहादुर देउवा कतिपटक भयो ? सूर्यबहादुर थापा कति पटक भयो ? नगेन्द्रप्रसाल रिजाल होला, कृतिनीधि विष्ट होला । पञ्चायतकालको छोडौं । बहुदलमा पनि मनमोहन एकपटक भए । माधव नेपाल कति पटक भयो ? प्रचण्ड कति पटक हुनुभयो ? बाबुराम भट्टराई कतिपटक हुनुभयो ? हिसाब किताब छ नि हामीसँग । तर, हिजो राष्ट्रियताको सम्बन्धमा । अरुले कति सपोर्ट ग¥यो बेग्लै कुरा । तर, बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने त माननीय केपी शर्मा ओली नै हो नि ! लुकाएर लुकाउन मिल्छ र ! अहिले पनि त्यो काम गरौं न भन्दा, बाटो बनाउँदा के गरेर बसेको थिइस् ? होइन केपी ओलीको मात्र आँखा बन्द थियो कि अरुको पनि ? आफूले केही नगर्ने, अरुले गर्दा पनि कुरा काट्ने चाहिँं हुँदैन । नेपालको एउटा सपूत हो केपी ओली । यो हिसाबमा । मेरो पार्टीको अध्यक्ष भनेर मैले भनेको होइन । मैले नेपाल सरकारको प्रधानमन्त्री भनेर पनि भनेको होइन ।
इतिहासले बोलेको, सत्यतथ्य कुरा के हो भन्दा, इतिहासको जटिल जंघारमा चाहिँ उहाँले आँट गर्नुभयो । इन्डियासँग पौँठेजोरी खेल्ने आँट गर्नुभयो । सार्वभौमसत्ता बराबरीको आधारमा, सार्वभौमसत्ता न्यायको आधारमा दुई देशबीचको रिलेसन कायम गर्नुपर्छ भनेर यो त मैेले भन्ने गर्छु । नेपाल जस्तो कमजोर मुलुकलाई यो त फरेन पोलिसीको डक्ट्रिन हो । जो ठूल—ठुलो देशबाट प्रताडित भएर, चेपिएर बस्या छ । हाम्रो जस्तो मुलुकलाई मात्रै होइन । यो डक्टिन चाहीं त भुटानलाई पनि काम लाग्ने, त्यो सानो फुच्चे मालदिभ्सलाई पनि काम लाग्छ । त्यही बंगलादेशलाई पनि काम लाग्छ ।
अहिले ३ सय ३५ किलोमिटर । हिजोदेखि राजा महेन्द्रले बस्न दिएको, चलाउन दिएको । दिँदादिँदा इन्डियाले च्यही मिचमाँच ग¥यो । कसैले बोल्ने हिम्मत गरेन हाम्रो सरकारहरु । छोड्याछ छोड्याछ । हाम्रो त नक्सामै राख्न छोडी सक्यो । ०४७ मा संविधान बन्यो त्यहाँ पनि आउँदैन । ०७२ को संविधान बनाउँदा त्यहाँ पनि आउँदैन । हामी हिजो साह्रै आँटै नगरेर त्यो ठाउँतिर नपुग्या हो नि ! मिचेको भूमि फिर्ता गर भन्दा उसले नाकाबन्दी लगाउन छाड्यो र ! हामीलाई हेप्ट छोड्याछ र ! छैन नि । त्यसकारण अहिलेको नेपाल सरकार, सम्माननीय केपी शर्मा ओली ज्यूले ३ सय ३५ वर्ग किलोमिटर । महाकाली, लिपुलेक, लिम्पियाधुराको जग्गा हाम्रै हो भनेर जो हिम्मत गर्नु भाछ । लडाइँ त लामो छ अब तर, कुटनीतिक लडार्इँ सुरु भो अब रायिट्रय लडाईं सुरु भयो । सबै नेपालका दलहरुप्रति एकदमै धन्यवाद दिन चाहन्छु । फस्ट टाइम हिस्ट्री इन नेपाल, अस्ति भर्खर कालापानीबाट भारतीय सेना हटाउनुपर्छ भन्नदेखि आजसम्म आउँदा हामी आफ्नो माटोको सुरक्षाको लागि, आफ्नो सार्वभौमिक अखण्डताको लागि, आफ्नो स्वाधिनता र स्वतन्त्रताको लागि हामी कोही कम्युनिष्ट, कोही कांग्रेस, कोही राप्रपा, समाजवादी केही पनि छैनौं । हामी सिर्फ नेपाली छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->